|  

१० किलो गाँजासहित एक युवक पक्राउ

५ कात्तिक, काठमाडौं । सर्लाहीस्थित एक घरमा लागूऔषध गाँजा लुकाएर राखेको  अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।

गाँजा बरामद सँगै एकजना युवक लाई पक्राउ गरेका छन् । सर्लाही व्रम्हपुर गाउँपालिका  ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ वर्षीय  पंकज साहले घरमा  लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर  १० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासँगै  पंकज साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता  डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।