|  

लामिछाने क्लवको भिडलाई रास्वपा कार्यकर्ताको आन्दोलन नभन्न मिडियालाई मुकुलको अनुराेध !

०५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्कासित डा. मुकुल ढकालले रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिन मिडियासामु अनुरोध गरेका छन् ।

रास्वपाको अस्तित्व बचाएर आफु बसेको भन्दै उनले रवि लामिछाने क्लवका सदस्यहरुको भिडलाई रास्वपा कार्यकर्ताको आन्दोलन नभन्न अनुरोध गरेका हुन् । उनले भनेका छन्,‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपामा कोही छ त, म छु  । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथी कोहि छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरुले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लवका सदस्यहरुको हो । रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा “विधिको शासन” ।