|  

छविलाल जोशीको बयान लिने क्रम जारी

०५ कात्तिक, काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी छ ।

सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीबेर अघि रुपन्देही पु¥याइएको हो । कास्कीबाट भैरहवा ल्याइएका जोशीलाई अहिले बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।