|  

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी

५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो हाफको खेल सकिदा ४-० को अग्रता लिएको छ ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सबिता राना मगर र प्रिती राईले एक एक गोल गरेका थिए ।

समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।