|  

नवलपरासीमा गैंडा मृत फेला

५ कात्तिक, काठमाडौँ । पूर्वी नवलपरासीको मध्यविन्दुमा एक गैंडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका- १२ मा अन्दाजी ४ बर्षको पोथी गैडा मृत फेला परेको हो ।

मृत अवस्थामा फेला परेको गैडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार एक अर्कोसँग जुध्ने क्रममा चोट लागेर मृत्यु भएको अनुमान गरिएको छ ।