|  

प्रतिपक्षी नेताहरू बालुवाटारमा

५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रतिपक्षी दलहरुले ज्ञापन पत्र बुझाएका छन् ।

बाढी पहिरो पीडितहरुलाई समयमै राहत उपलब्ध गराउने विषयमा ज्ञापनपत्र हस्तान्तरणका लागि चार प्रतिपक्षी दलका नेताहरु बालुवाटार पुगेका हुन्।

बालुवाटार पुग्ने नेताहरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव शक्ति बस्नेत, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्याल र सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन छन्।

उनीहरुले बाढीपहिरोबाट प्रभावितहरुको व्यवस्थापनमा ध्यान दिन र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।