|  

जापानिज इन्सेफ्लाइटिसबाट उदयपुरमा एक बालकको मृ#त्यु

६ कात्तिक, काठमाडौं ।  जापानिज इन्सेफ्लाइटिस रोगबाट उदयपुरमा एक बालकको ज्यान गएको छ भने अर्का एकको उपचार भइरहेको छ ।

गत साउनदेखि बिराट मेडिकल कलेज बिराटनगरमा उपचार गराइरहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका ११ वर्षीय अनमोल राईको उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको हो । क्युलेस जातको लामखुट्टे जसलाई (सेतो लामखुट्टे) पनि भनिन्छ को टोकाइबाट यो रोग लाग्ने गर्दछ। उनलाई करिब तीन महिनाअघि सेतो जातको लामखुट्टेले टोकेको थियो।

उनलाई पटक-पटक ज्वरो आउने, बेहोस हुने जस्तो लक्षण देखिएको थियो । उपचारका क्रममा बिराट मेडिकल कलेजमा जापानिज इन्सेफ्लाइटिस रोग लागेको पत्ता लागेको थियो । उपचार नियमित भइरहे पनि उनको मष्तिष्कभित्रको नशाको पानी सुकेपछि मृत्यु भएको बताइएको छ ।

उनीसँगै सोही रोगबाट विरामी भएका बेलका नगरपालिका ६ का १४ वर्षीय सायल राईको उपचार भइरहेको बताइएको छ । उनी दुई महिना अघिदेखि सोही अस्पतालमै रोगसँग जुझिरहेको परिवारले जनाएको छ । उनलाई भेन्टिलेटरका राखेर उपचार गराइएको छ।