|  

सुनमा ६ दिनदेखि निरन्तर ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ६५ हजार ९००

६ कात्तिक, काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

दशैंपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ । सोहीअनुसार मंगलबार पनि छापावाल सुन तोलामा ३०० सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ  । यस्तै आज तोलामा ५ रुपैयाँले बढेर २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।