|  

‘पुष्पा २’ मा आइटम डान्सका लागि श्रद्धा कपूर अनुबन्धित

०६ कात्तिक, काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा बलिउड अभिनेत्री श्रद्धा कपूर अनुबन्धित भएकी छन् ।

पुष्पा २ मा आइटम डान्सको लागि उनलाई प्रस्ताव गरिएको हो । तर निर्माण टिमले हालसम्म औपचारकि जानकारी दिएका छैनन । सुकुमार निर्देशित फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ । फिल्मलाई माइथ्री मूभी मेकर्सको प्रोडक्सन हाउसले रिलिज गर्नेछ । यो फिल्म ६ डिसेम्बरदेखि प्रदर्शन हुनेछ ।