|  

धनुषामा स्कुल बसले किच्दा बालिकाको मृ#त्यु, स्थानीयले जलाए बस

६ कात्तिक, काठमाडौं । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल रहेकी छन् । आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको हो ।

गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । आगोले बस पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।