|  

अभिनेत्री अशिष्मा नकर्मी आमा बन्दै

०६ कात्तिक, काठमाडौं । अभिनेत्री अशिष्मा नकर्मी आमा बन्दैछिन ।

विवाह गरेको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन । इन्स्टाग्राममा बेबी बम्पसहितको तस्बिरहरू सेयर गर्दै उनले आफू आमा बन्न लागेको खुसी साटेकी छन । आउँदो मार्चमा आफू आमा बन्ने उनले बताएकी छिन ।

अशिष्माले २०७४ सालमा नविनचन्द्र प्रधानसँग लगनगाँठो कसेकी थिइन । विवाहपछि उनी श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी छिन । ‘अन्तराल’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अशिष्मालाई फिल्म ‘अर्धकट्टी’ को गीत ‘तिम्रो फिगर कोकाकोला’ ले धेरै दर्शकमाझ चिनाएको थियो । उनले थुप्रै फिल्मममा समेत काम गरिसकेकी छन ।