|  

निजामती ऐन चाँडै ल्याउने सामान्य प्रशासनमन्त्रीको आश्वासन

०६ कात्तिक, काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती ऐन चाँडै ल्याउने बताएका छन ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन । उनले भने, ‘मन्त्री बनेर पदभार ग्रहण गर्न आउने बेलामा पत्रकार साथीहरुले सोध्नुभएको थियो यस विषयमा, म आज भन्छु-यो प्राथमिकताको विषय हो । चाँडै आउँछ । ‘कानून मन्त्रालयमा पठाएका छौँ, त्यहाँबाट राय आउनसाथ लागू गर्छौँ ।’

शीर्ष नेताहरुबाट यसमा सहयोग पाइरहेको उनले बताए ।