|  

प्रतिष्ठानको कार्यमा एकरुपता ल्याउन जरुरी छः मन्त्री पाण्डे

०६ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको बताएका छन् ।

आज नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपरेकाले वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनसक्ने बताए । मन्त्री पाण्डेले कतिपय प्रतिष्ठानहरु नाम मात्रैका रहेको भन्दै कतै कानुनको अभाव र कतै भवनहरुको समेत अभाव रहेको बताए । प्रतिष्ठानहरुलाई एकरुपता हुने गरी व्यवस्थित गर्न जरुरी रहेको उनको भनाई छ ।

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको भन्दै प्रतिष्ठानको कार्यमा एकरुपता ल्याउन केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढ गर्नका लागि मन्त्रालय सधैं तयार रहेको समेत बताएका थिए ।