|  

पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढ्यो

०६ कात्तिक, काठमाडौं । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको छ ।

गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष २०७९/०८० को १ खर्ब ४२ करोड रुपैयाँ तुलनामा यो २४ प्रतिशतले बढी हो । त्यसैगरी ०७८/०७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । 

त्यस्तै, राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ  । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम पनि करिब ३९ प्रतिशतले बढेको छ ।