|  

नेपाल आएकाे भिस्तराको जहाजमा बमको धम्की आएपछि नेपाली सेनाले सर्च गर्दै

०६ कात्तिक, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ ।

भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई सूचना प्राप्त भएपछि सेनाले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिने क्रम बढेको छ ।