|  

भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक

०६ कात्तिक, काठमाडौं। दिल्लीबाट काठमाडौं ल्याण्ड गरेको भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक भएपछि पुनः उडान भरिएको छ ।

एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको थियो । त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले पनि विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो । केही पनि नभेटिएपछि हल्ला ‘फेक’ भएको पुष्टि भएको छ।