|  

कांग्रेस महामन्त्री गगन थापा भारत प्रस्थान

०७ कात्नेतिक , काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत प्रस्थान गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा हुने एसियन क्लाइमेट समिटमा सहभागी हुन आफू दिल्ली प्रस्थान गरेका हुन। कार्यक्रममा आफूले कार्बन व्यापारबाट नेपालले कसरी फाइदा लिनसक्ने भन्ने विषयमा बोल्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’भारतको नयाँ दिल्लीमा हुने एसियन क्लाइमेट समिटमा सहभागी हुन जाँदै छु। प्यानल छलफलमा कार्बन व्यापारसम्बन्धी नीतिहरू र वन संरक्षणमा काम गरेको हाम्रो देशले त्यसबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा केही कुराहरू राख्ने छु।’