|  

निर्माणाधीन ७ तले भवन भत्किँदा ५ जनाको मृ#त्यु 

७ कात्तिक, काठमाडौं । भारतको कर्नाटकमा भारी वर्षाका कारण मंगलबार बेंगलुरुमा निर्माणाधीन ७ तले भवन भत्किएको छ।

भवन भत्किंदा ५ जनाको मृत्यु भएको छ । भग्नावशेषमा २१ जना फसेकामध्ये १३ जनाको उद्धार गरिएको छ। ३ जना भने अझै पनि भग्नावशेषमा पुरिएका छन् ।

एनडीआरएफको टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्न रातभर उद्धार कार्य जारी राखेको थियो । बुधबार बिहान कुकुरसहितको टोली पनि बोलाइएको थियो । भग्नावशेष हटाउन ठूला मेसिन पनि बोलाइएको छ ।