०७ कात्तिक, काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई लरेन्स विस्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आइरहेपनि उनी सुटिङमा फर्किएका छन् ।
गत असोज २७ गते सलमान निकट मानिने नेता बाबा सिद्दिकी गोली हानी हत्या भएको ६ दिनपछि सलमानलाई पुनः ज्यान मार्ने धम्की आएको थियो । गत असोज २ गते मुम्बईको ट्राफिक कन्ट्रोल रुममा हाट्सएप म्यासेजमार्फत सो धम्की आएको थियो । उक्त धम्किमा सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन भने ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ भनिएको थियो ।
सो धम्कीपछि सलमानको सुरक्षा कडा बनाइएको छ । सोहीकारण पनि उनी तत्कालै काममा नफर्कने अनुमान गरिएको थियो । तर सलमान फिल्म ‘सिकन्दर’को छायाङ्नमा सहभागी भएका छन् । उनी मंगलबारबाट छायाङ्नमा जोडिएको उल्लेख गरिएको छ । छायाङ्नस्थलमा सलमान कडा सुरक्षा घेरामा छन । आगामी साता अर्थात दिवालीसम्म उनी छायाङ्नमा रहने बुझिएको छ ।