|  

फ्लाई दुवईले हप्ताको सातै दिन काठमाडौं-भैरहवादेखि दुबईको उडान भर्ने

०७ कात्तिक, काठमाडौं । यहि कात्तिक २४ गतेबाट दुबई-भैरहवा र काठमाडौं-भैरहवादेखि दुबईको उडान हुने भएको छ ।

आज सिंहदरबारमा सरकारको सय दिने उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन । उनका अनुसार फ्लाई दुवईले हप्ताको सातै दिन दुबई-भैरहवा एवं काठमाडौं हुँदै भैरहवा-दुबई उडान भर्न लागेको छ ।  जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा(कुवेत एवं कुवेत-भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् । राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन सरकारले ठोस कदम चालेको उनको भनाई छ ।