|  

सामसुङले ल्याउँदैछ ३ पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन

८ कात्तिक, काठमाडौं । सामसुङ तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन अर्थात् Tri-fold स्मार्टफोन ल्याउँदैछ ।

सामसुङले आउँदो वर्ष सो स्मार्टफोन बजारमा ल्याउने योजना बनाएको छ । चिनियाँ कम्पनी हुवावेले एक महिनाअघि मात्रै विश्वमै पहिलोपटक ट्राइफोल्ड स्मार्टफोन हुवावे मेट एक्सटी लञ्च गरेको थियो । सामसुङले अब हुवावेको उक्त स्मार्टफोनसँग ट्राइफोल्ड स्मार्टफोनको बजारमा पनि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ ।

हुवावेले ट्राइफोल्ड स्मार्टफोन सार्वजनिक गरिसकेको भएपनि यो विश्व बजारमा हालसम्म उपलब्ध गराइनसकेको हुँदा बजारमा आउनेमा सामसुङकै फोन पहिलो हुनसक्ने सम्भावना पनि छ । कम्पनीले ट्राइफोल्ड स्मार्टफोनका लागि काम सुरु गरिसकेको छ ।रिपोर्ट अनुसार सन् २०२५ मा सामसुंगको उक्त फोन लञ्च हुनेछ ।

कम्पनीको डिस्प्ले शाखाको तर्फबाट ट्राइफोल्ड स्क्रिनको विकासको काम भैसकेको छ । यद्यपि फोन लञ्च गर्न आधिकारिक मिति भने सार्वज्निक भएको छैन ।