९ कात्तिक, काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।