|  

डेंगुका कारण २६४ जनाको मृ#त्यु

९ कात्तिक, काठमाडौं  ।  बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थिहरू सुन्निने, बान्ता हुनेजस्ता लक्षणसहितको गम्भीर समस्या निम्त्याउँछ ।