|  

रवि लामिछाने रिहा भएपनि आन्दोलन रोकिदैँनः तोसिमा कार्की

०९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले रवि लामिछाने रिहा भएपनि आन्दोलन नरोकिने बताएकी छन् ।

रास्वपा सभापति रवि लामिछाने पक्राउ विरुद्ध आज नयाँ बानेश्वरमा गरेको खबरदारी सभामा सहभागी सांसद कार्कीले यस्तो बताएकी हुन् ।  उनले भनेकी छन्,‘यो आन्दोलन सभापति रवि लामिछाने रिहा भएपनि रोकिँदैन । सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ । यो आन्दोलन रवि लामिछाने पक्राउविरुद्ध मात्र होइन ।’