|  

कलंकीस्थित भाटभटेनीमा काठमाडौं महानगरले चलायाे डोजर

०९ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ ।

नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै महानगरले आज डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।  यसअघि नै महानगरले सो संरचना हटाउन सूचना जारी गर्दा आफैँ हटाउने भनिएको थियो । तर संरचनानहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । भाटभटेनीले कब्जा गरेको खोला किनार खुला गरी करिडोर सडक बनाउने तयारी गरिएको छ ।