१० कात्तिक, काठमाडौं । पाल्पामा यस वर्ष ३९९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये २४१ जना जिल्ला भित्रका र अन्य संक्रमित उपचारका लागि जिल्ला बाहिरबाट आएका नागरिक हुन् ।
परीक्षणको दायरा वृद्धि भएको र धेरै पानी परेका कारण लामखुट्टेको वृद्धिविकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो ।
पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । गत वर्ष जिल्लामा कुल ६५५ जनामा संक्रमण पुष्टि भएको थियो ।