|  

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

११ कात्तिक, काठमाडौं ।  पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

देवचुली नगरपालिका-२ दुम्कौलीमा धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका सदस्य बिरामी भएका हुन् । बिरामी हुनेहरुमा धनमाया सहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।

उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ।