|  

माओवादीसँग पार्टी एकता हुँदैनः माधव नेपाल

११ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने प्रष्ट पारेका छन् ।

एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले एमालेसँग पनि पार्टी एकताको सम्भावना नभएको बताए । अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको दाबी गरे ।

केही समय अगाडी समाजवादी र माओवादी पार्टी एकताबारे छलफल भइरहेको दुवै पक्षका नेताहरूको भनाइ थियो । तर अहिले यो कुरा सेलाएर गएको छ ।