|  

नख्खु खाेलामा उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्दै

११ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिका-१३ स्थित नख्खु खोलाबाट विपद्मा परेकाहरूको उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

असोज ११ र १२ मा अविरल वर्षासँगै नख्खु खोलामा आएको बाढीका कारण जस्ताको टहरोको छतमा उभिएर लामो समय गुहार माग्दा पनि दुई जना बेपत्ता भएका छन् । खोलाले टहरो ढालेपछि बगेका ३ जनालाई काभ्रे घर भएका चणिकलाल तामाङले उद्धार गरेका थिए । रौतहटको वृन्दावन घर भएका ४३ वर्षीय राजु शाह, ६ वर्षीया छोरा मेघना शाह, उनकै अर्की छोरी सेतु शाहलाई र भाइ राज शाहलाई खोलाले बगाएको थियो । गुहार माग्दामाग्दै बगेका देवराज कार्की र सेतु शाह बेपत्ता छन् ।  रू ललितपुर महानगर–१३ दिव्यनगरस्थित कान्तिपुर कोलोनी नजिकै ईश्वरी केसीको जग्गामा टहरा बनाएर बसेका थिए ।

उनीहरुले त्यहाँ ग्रिल कारखाना सञ्चालन गरेका थिए ।  घट्ना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गरेको छ । घटनास्थलमा समयमै प्रहरी पुगे पनि साधन स्रोत नहुँदा समयमा उद्धार हुन नसकेको र दुई जना बेपत्ता भएका छानबिन समितिको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटी कम भएको कारण देखाएर हेलिकप्टर उडाउन अनुमति नदिँदा पनि नख्खुमा समयमा उद्धार हुन नसकेको समितिको प्रारम्भिक छानबिन निष्कर्ष छ ।