|  

रवि लामिछानेकी पत्नी निकिता पौडेलविरूद्व पनि प्रहरीमा जाहेरी

११ कात्तिक, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेविरूद्व पनि प्रहरीमा जाहेरी परेको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोपमा निकिताविरूद्व जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्वा दर्ता गरेको छ । 

निकिता स्वर्णलक्ष्मी सहकारीकी पूर्वउपाध्यक्ष हुन् । निकिताले आफू कार्यरत रहेको बेला सहकारीबाट ऋण लिएको पाइएको प्रहरीले जनाएको छ । तर निकिताले ऋण भने पहिलै तिरिसकेकी छिन् ।

सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो ।