|  

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए नेपाल र भारत

११ कात्तिक, काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।

आजको यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।