|  

आइसिसी विश्वकपमा नेपालको खराब लय कायमै, अमेरिकासँग पराजित

१२ कात्तिक, काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसंग ३ विकेटले पराजित भएको छ।

अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराती भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो ।

नेपालले आइसिसी विश्वकप लिग-२ मा आफ्नो खराब लयलाई कायमै राखेको छ । लिग-२ मा ९ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ ।