|  

साफ वुमन्स च्याम्पिनसिप: रंगशालाको क्षमता भन्दा बढी दर्शक उपस्थित

१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत हिजो  बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी उपस्थित भएका छन्।

आयोजकको रिपोर्ट अनुसार १८ हजार ९ जना उपस्थित थिए । दशरथ रंगशालाको क्षमता भने १५ हजार हो । यस अनुसार नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो ।

सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए । मिडियाका लागि छुट्याइएको ठाउँमा समेत दर्शकहरू खचाखच थिए ।