|  

बलात्कारको आरोपित सशस्त्रका जवानले गरे हिरासत कक्षमै आत्महत्या 

१२ कात्तिक, काठमाडौं । दाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगरले हिरासत कक्षमै आत्महत्या गरेका छन् ।

गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन । प्यूठानको बडडाँडा घर भएका उनी सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए ।

आरोपित पचभैयासहित अर्का एक जनालाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध दाङ–देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो ।