|  

इजरायल र हमासबीचको युद्धविरामबारे वार्ता सुरु

१२ कात्तिक, काठमाडौं । इजरायल र हमासबीच कतारको दोहामा युद्धविरामबारे वार्ता भइरहेको छ ।

अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विरामबारे वार्ता सुरु भएको हो । हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो । पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो । यस वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यसअघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्धकलाई रिहा गर्ने बताएको थियो ।