|  

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

१२ कात्तिक, काठमाडौं । कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । अछामको चौरपाटी गाउँपालिका-१ घर भई हाल धनगढी बसपार्कस्थित प्रियंका होटलका सञ्चालक ३६ वर्षीय विजय साउँद ३ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंक बजारबाट पनि लागुऔषधसहित एक किशोरी पक्राउ परेका छन । अस्थायी प्रहरी पोस्ट वाणीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका-२ का १७ वर्षीय किशोरलाई १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।