|  

राज्य ब्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुँदै

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा आज हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ । अपराह्न १२ः१५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।