|  

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने

१२ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।बैठक मध्याह्न सवा १२ बजे बस्दैछ । गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ ।