|  

आज सुनको भाउ ४ सयले घट्यो

१२ कात्तिक, काठमाडौं । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ हजार ८५ रुपैयाँ रहेको चाँदी आज २ हजार ६५ रुपैयाँमा झरेको छ ।