|  

 कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राख्दैनः सिंह

१२ कात्तिक, काठमाडौं ।  उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् ।

उनले सरकार कसैका प्रति पूर्वाग्रही नभएको प्रस्ट पारे । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार अर्थात् आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि ।

सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन‚’ उनले भने‚ ‘सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ? ’