|  

देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो

१२ कात्तिक, काठमाडौं । यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ ।

जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अक्टोबरका २५ दिनमा (१ देखि २५ सम्म) मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् ।