|  

अब सडकमा छाडिएका गाईलाई छाडा गाई भन्न नपाइने 

१२ कात्तिक, काठमाडौं ।  भारतको राजस्थान सरकारले सडकमा छाडिएका गाईलाई छाडा गाई भन्न नपाउने नियम बनाएको छ ।

छाडा (आवारा) गाई शब्दप्रति आपत्ति जनाउँदै राजस्थान सरकारले यसको ठाउँमा ‘सम्मानजनक’ शब्द प्रयोग गर्न सूचना जारी गरेको हो ।

अबदेखि बाहिर घुम्ने गाईलाई ‘निराश्रित’ या ‘बेसहारा’ भनिने भएको छ । सरकारको गौपालन विभागले गएराति सूचना जारी गर्दै बाहिर घुम्ने गाईलाई ‘निराश्रित’ या ‘बेसहारा’ भन्न निर्देशन दिएको छ ।

null