|  

नेपालको मौसम र राजनीतिको भर छैनः माधव

१२ कात्तिक, काठमाडौं ।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गरेका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताए।

उनले भने, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ।  म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’