|  

सेल्फी लिने क्रममा ७० फिट तल खसिन् युवती

१२ कात्तिक, काठमाडौं ।  भारतमा सेल्फी लिने क्रममा एक महिला ७० फिट तल खसेकी छिन् ।

शनिबार बिहान रेशु नाम गरेकी २८ वर्षीया महिला सेल्फी लिने क्रममा ७० फिट तल खोंचमा खसेकी हुन् । मुजफ्फरनगर, जानकीपुर घर भएकी उनी परिवारसँग हरिद्वारमा रहेको मनसादेवी मन्दिरको दर्शन गर्न आएकी थिइन् ।

त्यही क्रममा मन्दिरको पछाडि रहेको अलि उचो ठाउँमा चढेर सेल्फी खिच्ने क्रममा उनी लड्न पुगेकी हुन् । दुर्घटना हुनासाथ उनलाई स्थानीयहरूले उद्धार गरी नजिकको अस्पताल पुर्‍याएका थिए । तर त्यहाँ उपचार हुन नसकेपछि अर्को अस्पतालमा रिफर गरिएको बताइएको छ ।