|  

सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँ निर्धारण 

१२ कात्तिक, काठमाडौं ।  चितवनमा तिहारलाई लक्ष्य गरी सयपत्री तथा मखमली मालाको मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।

भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएसँगै प्लोरिकल्चर एसोसिएसन चितवनले मालाको मूल्य निर्धारण गरिएको जनाएको हो । 

एसोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा विक्री नगर्न फूल खेती गर्ने, कृषक विक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय ५० कायम गरिएको छ ।