|  

अर्को सरकार कहिले बन्ला भन्ने डरका बीचमा सरकारहरू बनिरहेका छन्ः गगन

१२ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीति गर्नेहरू कहिलेकाहीँ दबाब र प्रभावमा निर्णय गर्ने गरेको बताएका छन् ।

राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार फेरिने डरले राजनीतिक दलहरूको अर्को चुनावसम्म पनि सोच्न नसकेको बताएका हुन् । उनले भने, ‘राजनीतिकर्मीहरू गर्नेहरू अर्को चुनावको बारेमा सोच्छ त्यसैले हामीले ०८४ भनिरहेका छौँ ।

तर राजनेताहरू अर्को जेनेरेसनको बारेमा सोच्छन्, हामीकहाँ त अर्को चुनावको बारेमा सोच्ने पनि सुविधा छैन । प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिन्न भनेर बताइराख्नुपर्ने अवस्था छ । त्यसैले अर्को चुनाव होइन अर्को सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेका छन् । ’