|  

निर्मला कुर्मीको न्याय माग्दै कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन

१२ कात्तिक, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । तर, सुनुवाइ नभएको भन्दै उनले सत्तारुद्ध दल कांग्रेसको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन थालेकी हुन् ।

आज साँझ ५ बजेसम्म धर्ना दिने र निर्मला कुर्मीको न्यायका लागि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।  गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । प्रहरीले यो मामलामा लामो समयदेखि अनुसन्धान गरिरहेको बताए पनि अदालतमा मुद्दा पुगेको छैन ।