|  

कात्तिक १५ देखि सर्वोच्च अदालत बन्द हुने 

१२ कात्तिक, काठमाडौं ।  कात्तिक १५ देखि सर्वोच्च अदालत बन्द हुने भएको छ ।

सर्वोच्चको प्रशासन शाखाले सोमबार सूचना जारी गर्दै तिहारको उपलक्ष्यमा अदालत कात्तिक १९ गतेसम्म बन्द हुने जनाएको हो ।

जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ ।