|  

काठमाडौंबाट दिल्ली उड्ने तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना

१२ कात्तिक, काठमाडौं ।काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ ।

सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको स्रोतले जनाएको छ । यसबारे बुझ्ने काम भइरहेको छ । आज अपराह्न ३ः १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो ।

उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर बाट बम छ भनेर कल आएको हो ।

अहिले नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपराह्न ३ः५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो।