|  

आईपीएल टोली लखनउले केएल राहुललाई बेच्ने

१२ कात्तिक, काठमाडौं ।  आईपीएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई बेच्ने भएको छ ।

आईपीएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउँदै गर्दा लखनउले निकोलस पुरन, मयंक यादव, रवि बिश्नोईसहित अनक्याप्ड खेलाडी मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको हो ।

अन्तिम समयमा लखनउले रणनीति परिणत गरेमा अक्सनमा राहुललाई राइट टू म्याच कार्डबाट लिने बताइएको छ । २०२२ देखि आईपीएल खेलिरहेको राहुल शुरुदेखि नै कप्तान छन् ।